Sunday, June 29, 2014

विज्ञान प्रविधि पत्रकार तीन दिने क्षमता अभिबृद्धि कार्यशाला गोष्ठी सुरु

No comments :
काठमाडौं, असार १५ गते । विज्ञान प्रविधिको विषयलाई मुख्य कार्य क्षेत्र बनाएका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि तीन दिने क्षमता अभिबृद्धि कार्यशाला गोष्ठी सुरु गरिएको छ ।

वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरीको आयोजनामा आयोजित कार्यशाला गोष्ठीमा प्लानेटोरियमका कार्यकारी निर्देशक डा. शोभाकान्त लामिछानेले विज्ञान प्रविधिको विकास र प्रवद्धनमा राज्यले उचित ध्यान दिन नसकेको बताउनुभयो ।
उहाँले विज्ञान प्रविधिलाई दैनिक जीवनसँग जोड्नु पर्नेमा जोडदिदैँ देशको मेरुदण्ड प्रविधि रहेकाले यस क्षेत्रको विकासमा सबै क्षेत्र लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले कुनै पनि देशको विकास दिर्घकालिन हुनका लागि विज्ञान प्रविधि पत्रकार सक्षम र व्यावसायिक हुनुपर्ने बताउनुभयो ।
उहाँले विज्ञानको विकासमा युवा पुस्ता लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यशाला गोष्ठीमा विभिन्न सञ्चारमाध्यमबाट २५ भन्दा बढि सञ्चारकर्मिको सहभागिता रहेको थियो । गोष्ठीको पहिलो दिनको सहजकर्ता पूर्व वातावरणभौतिक शात्र केन्द्रिय विभागका प्राध्यापक विनिल अर्याल, गोरखापत्रका वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा, वैज्ञानिक डा. दिनेश भुजु लगायतले गर्नुभएको थियो ।

No comments :

Post a Comment