Wednesday, July 2, 2014
नेपालीले पाए विमानको प्याटेन्ट अधिकार
टीका बन्धन, काठमाडौं । विज्ञान प्रविधिका क्षेत्रमा नेपालले फड्को मार्न नसकिरहेका बेला नेपाली
नागरिकद्वारा चालकरहित विमान आविष्कार गरिएको छ। नेपाली नागरिक रुचितकुमार
रेग्मीले संसारमै पहिलोपटक चालकरहित स्वचालित विमानको आविष्कार गर्नुभएको
हो। स्वचालित जहाजको आविष्कार गरेपछि यो कार्यलाई प्रमाणित गर्दै अमेरिकी
सरकारको प्याटेन्ट एन्ड ट्रेड मार्क (यूएसपीटीओ) कार्यालयले रेग्मीलाई प्रमाणपत्रसमेत प्रदान गरेको छ।
गत वैशाख ९ गते यूएसपीटीओले अमेरिकी सरकारको तर्फबाट प्रमाणपत्र प्रदान गरेको हो। विकसित मुलुकमा सञ्चालनमा रहेका अत्यानुधिक ड्रोन विमानभन्दा नवीनतम प्रविधिको प्रयोग भएकाले यूएसपीटीओले रेग्मीलाई प्याटेन्ट राइट प्रदान गरेको हो।
द्रोण विमानलाई जमिनमा रहेका पाइलटले नियन्त्रण गर्छन् भने रेग्मीले बनाएको स्वचालित जहाज (अटोनोमस एयर क्राफ्ट) मा जमिन र जहाजमा पनि विमान चालक हुँदैनन्।
यस्तो जहाजभित्र निर्मित विशेष किसिमको उपकरण र विमानस्थलको दिशा पत्ता लगाउने संयन्त्रसँगको प्रतिक्रियामा जहाज स्वचालित रूपमा उड्ने उहाँले बताउनुभयो। ‘यस्तो विमान विकसित मुलुकले सञ्चालनमा ल्याएको ड्रोन विमानभन्दा पनि नयाँ हो’ –उहाँले भन्नुभयो। स्वचालित जहाज बनाउनका लागि आफूले विगत १० वर्षदेखि स्वदेशमै निरन्तर स्वअध्ययन र खोज अनुसन्धान गरेको रेग्मीले बताउनुभयो। आफूले पाएको प्याटेन्ट राइटको प्रमाणपत्र रेग्मीले मंगलबार औपचारिक रूपमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलाई अवगत गराउनुभएको सो मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो। स्वचालित विमान संसारका लागि नयाँ आविष्कार भएकाले रेग्मीको क्षमतालाई कदर गर्दै मन्त्रालय आर्थिक सहयोग गर्न इच्छुक रहेको पौडेलले बताउनुभयो।
रेग्मीले मन्त्रालयसँग ऋण सहयोग मागेकाले मन्त्रालय अनुदानका लागि सकारात्मक रहेको पौडेलले जानकारी दिनुभयो। ३ वर्ष अघि पनि मन्त्रीपरिषद्को बैठकको निर्णयपश्चात रेग्मीलाई सरकारले २० लाख रूपैयाँ सहयोग गरेको थियो। १० वर्षको अनुसन्धानका क्रममा करिव ५० लाख खर्च भएको रेग्मीको भनाई छ।
अटोनोमस एअर क्राफ्टको आविष्कारसँगै अहिले अमेरिकी सरकार र केही बहुराष्ट्रिय कम्पनीले रेग्मीसँग सहकार्य गर्न चासो राखेका छन्। ‘अमेरिकी सरकार र केही कम्पनीले सहकार्य गर्ने आशय व्यक्त गरेका छन्, रेग्मीले भन्नुभयो–‘आगामी सेप्टेम्बर महिनाभित्र करार हुने संकेत आएको छ, सेप्टेम्बरमा करार हुन नसकेमा केही समय पर्खन समेत भनिएको छ।’ सामसुङ र इन्टेलजस्ता बहुराष्ट्रिय कम्पनीले पनि सम्पर्कमा रहिरहन आग्रह गर्दै आफूलाई इमेल प्राप्त भएको उहाँले जानकारी दिनुभयो। ती कम्पनीसँग भने दोस्रो आविष्कारका लागि सहकार्य हुने उहाँले बताउनुभयो।
रेग्मीले पुल्चोक इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक इन्जिनियरिङ र वाणिज्य शास्त्रमा स्नातक, सूचना प्रविधिमा पोस्ट ग्रायजुएटको औपचारिक शिक्षा हासिल गर्नुभएको छ। विगतमा नागरिक उड्डयन प्राधिकरणको रेडियो इन्जिनियरिङ शाखामा प्राविधिक र तत्कालीन शाही नेपाल वायुसेवा निगममा जहाज मर्मतका बरिष्ठ प्राविधिकका रूपमा कार्य गरेको अनुभवले खोज अनुसन्धानमा थप क्रियाशिल बनाएको उहाँले खुलासा गर्नुभयो। सन् २००५ मा वायुसेवा निगमको स्थायी जागिर छोडेर आफू स्वअध्ययन र अनुसन्धानमा लागेका बेला नेपालीले नयाँ विमान आविष्कार गर्न नसक्ने भन्दै स्वदेशी विज्ञले त्यो बेला अविश्वास समेत गरेको रेग्मीको भनाई छ।

Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment