Wednesday, July 2, 2014

बजारमा गुणस्तरहीन सोलारपाता

No comments :
अजय शर्मा, काठमाडौं, असार । अन्तर्राष्ट्रिय गुणस्तर मापनमा असपफल भएका सोलार पाता   भित्रने गरेको खुल्न आएको छ ।
नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वरिष्ठ वैज्ञानिक डा. सुरेश ढुङ्गेलले नेपाली बजारमा पाइने प्राय सोलार पाता कमसल हुनका साथै अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापनमा फेल खाएका मात्र भित्रने गरेको बताउनुभयो ।
उहाँले अन्य बस्तु अन्तर्राष्ट्रिय बजारबाट ल्याउदा क्यारेन्टाइन गर्नुपर्ने व्यवस्था भएपनि सोलार र प्रविधिका सामानमा उक्त व्यवस्था नहुँदा गुणस्तरहीन सामग्री भित्रने गरेको बताउनुभयो । डा. ढुङ्गेलले सरकारी अनुदान प्राप्त सोलार पाता मात्र जाँच्ने अधिकार नास्ट अन्र्तगतको नवीकरणीय ऊर्जा परीक्षण केन्द« (रेट्स)लाई भएकाले बजारमा पाइने सोलार सामग्री गुणस्तर परीक्षण गर्दा गुणस्तरहीन पाइएको दावी गर्नुभयो ।
साथै उहाँले कोठाभित्रै घाम नलागेको समयमा समेत सोलार पाता जाच्न सकिने उपकरण (सन स्टिमुलेटर) मार्फत दिनमा सरदर ३० वटा पाता परीक्षण भैरहेको जानकारी दिनुभयो । ‘खुल्ला बजारमा विक्रि भैरहेका पाताको परीक्षण गर्नुपर्ने प्रावधान छैन । यसबाट उपभोक्ता ढगिदाँ समेत नियमन गर्ने निकाय मौन छ ।  हाल नेपाल भित्र पाइने अनुदान प्राप्त सोलार पातामात्र गुणस्तर उतिर्ण पाता हुन्’ वरिष्ठ वैज्ञानिक डा. ढुङ्गेलले भन्नुभयो ।
लोडसेडिङको चर्को मारमा परेका उपभोक्तालाई सौर्य ऊर्जा प्रणाली उपयुक्त विकल्प बनेको छ । विगत लामो समयदेखि ग्रामीण इलाकामा केन्द्ररित सौर्य ऊर्जा प्रणाली शहरी क्षेत्रमा समेत रुचाइन थालेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार हालसम्म नेपालमा ३ लाख घरधुरीले घरेलु सौर्य ऊर्जा प्रणालीमार्फत ऊर्जा उपभोग गरिरहेका छन् ।
नेपालमा वार्षिक ६० हजार सोलार प्यानल खपत हुने गर्छ । सोलार प्यानलबाट करीब १ अर्ब रुपैयाँ बराबरको व्यवसाय हुने गरेको अनुमान छ । अहिले देशका ७५ ओटै जिल्लामा निजी स्तरका सौर्य ऊर्जा उत्पादक कम्पनीका ६ सयभन्दा बढी शाखाले सोलार प्यानल विक्रि गरिरहेका छन् ।
ऊर्जा सङकट निरन्तर बढ्दै गएपछि लोडसेडिङ अवधि पनि बढेको हो । ऊर्जा सङकटले पनि शहरी क्षेत्रमा सौर्य ऊर्जाको माग बढिरहेको छ । अहिले शहरी क्षेत्रमा हरेक महीना करीब ३ सय थान सोलार प्यानल खपत हुने गरेको नेपाल सौर्य ऊर्जा उत्पादक सङघको दावी रहेको छ । हालसम्म शहरी क्षेत्रका १२ हजार बढी घरधुरीमा सौर्य ऊर्जा जडान भइसकेका छन् ।
नेपालमा वार्षिक औसतमा ३ सय दिन घाम लाग्ने गर्छ । हरेक दिन करीब ६ घण्टा निरन्तर घाम लाग्छ । यहाँको करीब ५ प्रतिशत भूभागबाट सोलार प्यानलमार्फत विद्युुत् उत्पादन गर्दा २ हजार १ सय मेघावाट विद्युत् उत्पादन हुने सम्बद्ध अधिकारीको भनाइ छ ।

No comments :

Post a Comment