Science Technology Journalist Society

Featured Posts

Sports

Games

Wednesday, July 2, 2014

बजारमा गुणस्तरहीन सोलारपाता

No comments :
अजय शर्मा, काठमाडौं, असार । अन्तर्राष्ट्रिय गुणस्तर मापनमा असपफल भएका सोलार पाता   भित्रने गरेको खुल्न आएको छ ।
नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वरिष्ठ वैज्ञानिक डा. सुरेश ढुङ्गेलले नेपाली बजारमा पाइने प्राय सोलार पाता कमसल हुनका साथै अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापनमा फेल खाएका मात्र भित्रने गरेको बताउनुभयो ।
उहाँले अन्य बस्तु अन्तर्राष्ट्रिय बजारबाट ल्याउदा क्यारेन्टाइन गर्नुपर्ने व्यवस्था भएपनि सोलार र प्रविधिका सामानमा उक्त व्यवस्था नहुँदा गुणस्तरहीन सामग्री भित्रने गरेको बताउनुभयो । डा. ढुङ्गेलले सरकारी अनुदान प्राप्त सोलार पाता मात्र जाँच्ने अधिकार नास्ट अन्र्तगतको नवीकरणीय ऊर्जा परीक्षण केन्द« (रेट्स)लाई भएकाले बजारमा पाइने सोलार सामग्री गुणस्तर परीक्षण गर्दा गुणस्तरहीन पाइएको दावी गर्नुभयो ।
साथै उहाँले कोठाभित्रै घाम नलागेको समयमा समेत सोलार पाता जाच्न सकिने उपकरण (सन स्टिमुलेटर) मार्फत दिनमा सरदर ३० वटा पाता परीक्षण भैरहेको जानकारी दिनुभयो । ‘खुल्ला बजारमा विक्रि भैरहेका पाताको परीक्षण गर्नुपर्ने प्रावधान छैन । यसबाट उपभोक्ता ढगिदाँ समेत नियमन गर्ने निकाय मौन छ ।  हाल नेपाल भित्र पाइने अनुदान प्राप्त सोलार पातामात्र गुणस्तर उतिर्ण पाता हुन्’ वरिष्ठ वैज्ञानिक डा. ढुङ्गेलले भन्नुभयो ।
लोडसेडिङको चर्को मारमा परेका उपभोक्तालाई सौर्य ऊर्जा प्रणाली उपयुक्त विकल्प बनेको छ । विगत लामो समयदेखि ग्रामीण इलाकामा केन्द्ररित सौर्य ऊर्जा प्रणाली शहरी क्षेत्रमा समेत रुचाइन थालेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार हालसम्म नेपालमा ३ लाख घरधुरीले घरेलु सौर्य ऊर्जा प्रणालीमार्फत ऊर्जा उपभोग गरिरहेका छन् ।
नेपालमा वार्षिक ६० हजार सोलार प्यानल खपत हुने गर्छ । सोलार प्यानलबाट करीब १ अर्ब रुपैयाँ बराबरको व्यवसाय हुने गरेको अनुमान छ । अहिले देशका ७५ ओटै जिल्लामा निजी स्तरका सौर्य ऊर्जा उत्पादक कम्पनीका ६ सयभन्दा बढी शाखाले सोलार प्यानल विक्रि गरिरहेका छन् ।
ऊर्जा सङकट निरन्तर बढ्दै गएपछि लोडसेडिङ अवधि पनि बढेको हो । ऊर्जा सङकटले पनि शहरी क्षेत्रमा सौर्य ऊर्जाको माग बढिरहेको छ । अहिले शहरी क्षेत्रमा हरेक महीना करीब ३ सय थान सोलार प्यानल खपत हुने गरेको नेपाल सौर्य ऊर्जा उत्पादक सङघको दावी रहेको छ । हालसम्म शहरी क्षेत्रका १२ हजार बढी घरधुरीमा सौर्य ऊर्जा जडान भइसकेका छन् ।
नेपालमा वार्षिक औसतमा ३ सय दिन घाम लाग्ने गर्छ । हरेक दिन करीब ६ घण्टा निरन्तर घाम लाग्छ । यहाँको करीब ५ प्रतिशत भूभागबाट सोलार प्यानलमार्फत विद्युुत् उत्पादन गर्दा २ हजार १ सय मेघावाट विद्युत् उत्पादन हुने सम्बद्ध अधिकारीको भनाइ छ ।

नेपालीले पाए विमानको प्याटेन्ट अधिकार

No comments :
टीका बन्धन, काठमाडौं । विज्ञान प्रविधिका क्षेत्रमा नेपालले फड्को मार्न नसकिरहेका बेला नेपाली नागरिकद्वारा चालकरहित विमान आविष्कार गरिएको छ। नेपाली नागरिक रुचितकुमार रेग्मीले संसारमै पहिलोपटक चालकरहित स्वचालित विमानको आविष्कार गर्नुभएको हो। स्वचालित जहाजको आविष्कार गरेपछि यो कार्यलाई प्रमाणित गर्दै अमेरिकी सरकारको प्याटेन्ट एन्ड ट्रेड मार्क (यूएसपीटीओ) कार्यालयले रेग्मीलाई प्रमाणपत्रसमेत प्रदान गरेको छ।
गत वैशाख ९ गते यूएसपीटीओले अमेरिकी सरकारको तर्फबाट प्रमाणपत्र प्रदान गरेको हो। विकसित मुलुकमा सञ्चालनमा रहेका अत्यानुधिक ड्रोन विमानभन्दा नवीनतम प्रविधिको प्रयोग भएकाले यूएसपीटीओले रेग्मीलाई प्याटेन्ट राइट प्रदान गरेको हो।
द्रोण विमानलाई जमिनमा रहेका पाइलटले नियन्त्रण गर्छन् भने रेग्मीले बनाएको स्वचालित जहाज (अटोनोमस एयर क्राफ्ट) मा जमिन र जहाजमा पनि विमान चालक हुँदैनन्।

यस्तो जहाजभित्र निर्मित विशेष किसिमको उपकरण र विमानस्थलको दिशा पत्ता लगाउने संयन्त्रसँगको प्रतिक्रियामा जहाज स्वचालित रूपमा उड्ने उहाँले बताउनुभयो। ‘यस्तो विमान विकसित मुलुकले सञ्चालनमा ल्याएको ड्रोन विमानभन्दा पनि नयाँ हो’ –उहाँले भन्नुभयो। स्वचालित जहाज बनाउनका लागि आफूले विगत १० वर्षदेखि स्वदेशमै निरन्तर स्वअध्ययन र खोज अनुसन्धान गरेको रेग्मीले बताउनुभयो। आफूले पाएको प्याटेन्ट राइटको प्रमाणपत्र रेग्मीले मंगलबार औपचारिक रूपमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयलाई अवगत गराउनुभएको सो मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो। स्वचालित विमान संसारका लागि नयाँ आविष्कार भएकाले रेग्मीको क्षमतालाई कदर गर्दै मन्त्रालय आर्थिक सहयोग गर्न इच्छुक रहेको पौडेलले बताउनुभयो।

रेग्मीले मन्त्रालयसँग ऋण सहयोग मागेकाले मन्त्रालय अनुदानका लागि सकारात्मक रहेको पौडेलले जानकारी दिनुभयो। ३ वर्ष अघि पनि मन्त्रीपरिषद्को बैठकको निर्णयपश्चात रेग्मीलाई सरकारले २० लाख रूपैयाँ सहयोग गरेको थियो। १० वर्षको अनुसन्धानका क्रममा करिव ५० लाख खर्च भएको रेग्मीको भनाई छ।
अटोनोमस एअर क्राफ्टको आविष्कारसँगै अहिले अमेरिकी सरकार र केही बहुराष्ट्रिय कम्पनीले रेग्मीसँग सहकार्य गर्न चासो राखेका छन्। ‘अमेरिकी सरकार र केही कम्पनीले सहकार्य गर्ने आशय व्यक्त गरेका छन्, रेग्मीले भन्नुभयो–‘आगामी सेप्टेम्बर महिनाभित्र करार हुने संकेत आएको छ, सेप्टेम्बरमा करार हुन नसकेमा केही समय पर्खन समेत भनिएको छ।’ सामसुङ र इन्टेलजस्ता बहुराष्ट्रिय कम्पनीले पनि सम्पर्कमा रहिरहन आग्रह गर्दै आफूलाई इमेल प्राप्त भएको उहाँले जानकारी दिनुभयो। ती कम्पनीसँग भने दोस्रो आविष्कारका लागि सहकार्य हुने उहाँले बताउनुभयो।

रेग्मीले पुल्चोक इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक इन्जिनियरिङ र वाणिज्य शास्त्रमा स्नातक, सूचना प्रविधिमा पोस्ट ग्रायजुएटको औपचारिक शिक्षा हासिल गर्नुभएको छ। विगतमा नागरिक उड्डयन प्राधिकरणको रेडियो इन्जिनियरिङ शाखामा प्राविधिक र तत्कालीन शाही नेपाल वायुसेवा निगममा जहाज मर्मतका बरिष्ठ प्राविधिकका रूपमा कार्य गरेको अनुभवले खोज अनुसन्धानमा थप क्रियाशिल बनाएको उहाँले खुलासा गर्नुभयो। सन् २००५ मा वायुसेवा निगमको स्थायी जागिर छोडेर आफू स्वअध्ययन र अनुसन्धानमा लागेका बेला नेपालीले नयाँ विमान आविष्कार गर्न नसक्ने भन्दै स्वदेशी विज्ञले त्यो बेला अविश्वास समेत गरेको रेग्मीको भनाई छ।

Monday, June 30, 2014

We are Soon Going For Official Registration of Science Technology Journalist Society

No comments :

Sunday, June 29, 2014

विज्ञान प्रविधि पत्रकार तीन दिने क्षमता अभिबृद्धि कार्यशाला गोष्ठी सुरु

No comments :
काठमाडौं, असार १५ गते । विज्ञान प्रविधिको विषयलाई मुख्य कार्य क्षेत्र बनाएका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि तीन दिने क्षमता अभिबृद्धि कार्यशाला गोष्ठी सुरु गरिएको छ ।

वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरीको आयोजनामा आयोजित कार्यशाला गोष्ठीमा प्लानेटोरियमका कार्यकारी निर्देशक डा. शोभाकान्त लामिछानेले विज्ञान प्रविधिको विकास र प्रवद्धनमा राज्यले उचित ध्यान दिन नसकेको बताउनुभयो ।
उहाँले विज्ञान प्रविधिलाई दैनिक जीवनसँग जोड्नु पर्नेमा जोडदिदैँ देशको मेरुदण्ड प्रविधि रहेकाले यस क्षेत्रको विकासमा सबै क्षेत्र लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले कुनै पनि देशको विकास दिर्घकालिन हुनका लागि विज्ञान प्रविधि पत्रकार सक्षम र व्यावसायिक हुनुपर्ने बताउनुभयो ।
उहाँले विज्ञानको विकासमा युवा पुस्ता लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यशाला गोष्ठीमा विभिन्न सञ्चारमाध्यमबाट २५ भन्दा बढि सञ्चारकर्मिको सहभागिता रहेको थियो । गोष्ठीको पहिलो दिनको सहजकर्ता पूर्व वातावरणभौतिक शात्र केन्द्रिय विभागका प्राध्यापक विनिल अर्याल, गोरखापत्रका वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा, वैज्ञानिक डा. दिनेश भुजु लगायतले गर्नुभएको थियो ।

विज्ञान प्रविधिको क्षेत्रलाई आगामी बजेटमा कम्तीमा एक प्रतिशत छुट्टयाउन माग

No comments :
काठमाडौं, असार १५ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राध्यापक डा. उपकुलपति सुरेन्द्रराज काफ्लेले विज्ञान प्रविधिको क्षेत्रलाई आगामी बजेटमा कम्तीमा एक प्रतिशत छुट्टयाउन माग गर्नुभएको छ ।

आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत् चार बर्षको आफ्नो कार्यकालको समिक्षा गदै उहाँले अध्ययन अनुसन्धान तथा वैज्ञानिक गतिविधिले मुलुकलाई आर्थिक रुपमले समेत गतिशिल बनाउने विचार व्यक्त गर्नुभयो ।
‘नास्टले आगामी बजेटमा २० करोडको माग गरेका छौँ । गत बर्ष हामीलाई १७ करोड ५७ लाख बजेट सरकारबाट प्राप्त भएको थियो ।’

उपकुलपति प्राध्यापक डा. काफ्लेले भन्नुभयो । विज्ञान प्रविधिको क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग विगतको तुलनामा केही मात्रामा बढेपनि प्रयाप्त मात्रामा हुन नसकेको बताउदैँ उहाँले अनुसन्धान क्षेत्रमा बजेट अझैपनि अप्रयाप्त नभएको उल्लेख गर्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा सन् २०१०मा जलवायु परिवर्तन सम्बन्धी क्षेत्रमा रहको यस क्षेत्रमा रहेको अध्ययन अनुसन्धान तथा ज्ञानको व्यवस्थितरुपमा अभिलेख राख्न नेपाल क्यालइटमेट चेन्ज नलेज म्यानेज्जमेन्ट सेन्टर (एनसीसीकेएमसी) स्थापना भएको स्मरण गदैँ उहाँले नेपालमा क्लाइमेट चेन्जसम्बन्धी काम गर्ने आधिकारिक निकाय भएको दावी गर्नुभयो ।

उहाँले नास्टमा आफ्नो चार बर्षे कार्यकालमा एसियन डेभलपमेन्ट बैंकले जलवायु परिवर्तन विषय अनुसन्धान छात्रबृत्तिका लागि नास्टलाई पाँच लाख डलर प्रदान बताउदैँ यसबाट नेपाली अनुसन्धान तथा वैज्ञानिकहरुलाई पाँचलाख देखि ४० लाखसम्मको छात्रबृति वितरण गर्न लागिएको जानकारी दिनुभयो ।

साथै उहाँले यसको स्थापना भएमा विश्वविद्यालयमा अध्ययन अनुसन्धान गर्नेहरुलाई टेवा पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नास्टका वरिष्ठ वैज्ञानिक डा. सुरेशकुमार ढुङ्गेलले नेपालमा जीव विज्ञान, रसायन, भौतिक शात्र र उर्जाको लगायतका क्षेत्रमा सम्भावना रहेको बताउदैँ यसका लागि सरकार तथा सम्बद्ध क्षेत्र एक भई आगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाल सौर्य प्यानलको परीक्षणमा उपयोगी हुुने सन्स स्टिमुलेटर, एक्सरे डिफाक्टो मिटर, ग्यास क्रोमोटो ग्राफर, एटोमिक एम्बजरसन स्पेक्टोमिटर, इलेमेन्ट एनेलाइन्जर लगायतका अत्याधुनिक उपकरण रहेको जानकारी दिनुभयो ।

We are Soon Going For Official Registration of Science Technology Journalist Society 2068

No comments :
We are Soon Going For Official Registration of Science Technology Journalist Society 2071

Thank You
 Science Technology Journalist Society 2070